क्रिकेट अस्ट्रेलिया भन्छ– ‘उसमान ख्वाजाको बंगारा भाँचिएको छैन’
काठमाडौँ । घरेलु टोली अस्ट्रेलिया र वेस्ट इन्डिजबिचको पहिलो टेस्ट क्रिकेटको तेस्रो दिनको खेलका क्रममा क्यारेबियन बलरले फालेको बल अस्ट्रेलियन ब्याट्सम्यान उसमान ख्वाजाको बंगारामा ठेक्किएको थियो ।
अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान ख्वाजा त्यसपछि ‘रिटायर्ड हर्ट’ भई पेभेलियन फर्किएका थिए । वेस्ट इन्डिजका तिब्रगतिका बलर सामर जोसेफले फालेको ‘सर्ट पिच बल’ बाउन्स भएर सिधै ख्वाजाको दायाँतर्फको बंगारामा ठोक्किएको थियो । उनको मुखबाट रगम पनि बगेको थियो ।
बंगारामा बल ठोक्किएपछि दुःखाईले रन्थनिएका ख्वाजालाई तत्काल टोलीका चिकित्सकले आफ्नो निगरानीमा राखे काथिए । सुरुमा चिकित्सकहरुले ख्वाजाको बंगारा भाँचिएको अनुमान गरेका थिए । त्यसपछि उनलाई विस्तृत स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो ।
तर, परीक्षणको नतिजा भने सकारात्मक आएको छ । क्रिकेट अस्ट्रेलियाले ख्वाजाको बंगारा नभाँचिएको जनाएको छ । ‘ख्वाजालाई गम्भीर चोट लागेको छ । तर, उनको बंगारा भने भाँचिएको छैन । यो सकारात्मक पक्ष हो,’ क्रिकेट अस्ट्रेलियाले भनेको छ ।
ख्वाजाको बंगारामा बल ठोक्किदा अस्ट्रेलियालाई जितका लागि केवल एक रन आवश्यक थियो । उक्त खेलमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो । क्रिकेट अस्ट्रेलियाले ख्वाजाको केही परीक्षण अझै बाँकी रहेको पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण