देवाही गोनाहीका पूर्व मेयरले विशेष अदालतबाट पाए सफाइ
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका पूर्व मेयर धर्मेन्द्र पटेलले विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । उनका सहयोगीको रूपमा रहेका अशोक पटेलले पनि उक्त मुद्दामा सफाइ पाएका छन् ।
शुक्रबार न्यायाधीशहरु खुशी प्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले पूर्व मेयर पटेल र उनका सहयोगीलाई भ्रष्टाचार मुद्दाबाट सफाइ दिएको हो ।
२०७८ फागुन १५ गते तत्कालीन मेयर धर्मेन्द्र पटेल नगरपालिकाको कार्यकक्षबाटै पक्राउ परेका थिए । उनलाई दुई लाख नगद र साढे दुई लाख रुपैयाँको चेकसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलीले पक्राउ गरेको थियो ।
देवाही गोनाही नगरपालिका वडा नम्बर १ का अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले तत्कालीन मेयर पटेल र उनका स्वकीय सचिव अशोक पटेल लगायत चार जनालाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण एसिया मामलामा अमेरिकाले भारतसँग सोध्न छोडेको छ
-
हामी एआईलाई सबैका लागि सुरक्षित बनाउन सक्छौँ
-
मौद्रिक नीतिमा नीतिगत लचकता अपनाउन सुझाव
-
मेक्सिकोविरुद्धको खेलमा इंग्ल्यान्डका खेलाडीले किन प्रयोग गर्दैछन् भियाग्रा ?
-
एन्थ्रोपिकको कोडिङ टुल प्रयोग गर्न अलिबाबाका कर्मचारीलाई रोक
-
ट्रम्पको चेतावनी–'एकै आक्रमणमा इरानी नेतृत्व समाप्त गर्न सक्थ्यौँ', इरानको जवाफ– 'तपाईंसँग न सभ्यता छ, न सम्मान'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण