आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एउटै विषय फरक फरक समितिमा छलफल भइरहेको गुनासो

आइतबार, ०७ माघ २०८०, १३ : ५०
आइतबार, ०७ माघ २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरेले आइतबार संसदीय समितिका सभापतिसँग छलफल गरेका छन् । छलफलमा संसदीय समितिमा विचाराधीन विधेयकहरू छिटो भन्दा छिटो संसद्मा पेस भए सदन चलाउन सहज हुने धारणा सभामुखले राखेको सभामुखको भनाइ उद्धृत गर्दै राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले बताए । 

उनले संसद्को हिउँदे अधिवेशन यही माघ १८ देखि बोलाउने तयारी भइरहेकाले सो बारेमा पनि छलफल भएको बताए । उनले एउटै विषयहरू विभिन्न समितिले हेर्ने गरेको बारेमा पनि छलफल भएको बताए ।

उनले भने, ‘विशेष गरी विधेयकहरू समितिबाट छिटो भन्दा छिटो आइ सदन चल्न अझै सहज हुन्थ्यो र कतिपय कुरामा विभिन्न सहमतिहरू बिचमा एउटै समितिले हेरेको । जस्तै एनसेलकै प्रकरणमा राज्य व्यवस्था समिति, लेखा समिति, अर्थ समिति र सञ्चार समितिले हेरेको छ । यो बारेमा पनि एक ठाउँमा बसेर छलफल गर्न पाए राम्रो हुन्थ्यो भन्ने कुरा भयो । एकै दिन मन्त्रीहरूले तीन, चार वटा समितिमा बोलाउँदा मन्त्रीहरूले नभ्याउने, कतै गयल हुने, उपस्थित हुन नसक्ने भन्ने लगायतमा पनि छलफल भयो ।’

समिति सभापति खतिवडाले सभामुखसँगको छलफलमा एकै दिन धेरै समितिले मन्त्रीहरूलाई बोलाउँदा मन्त्रीहरूलाई समय निकाल्न कठिन भएको बारेमा पनि छलफल भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप