जनसंख्याको क्षेत्रमा स्वास्थ्य मन्त्रालयले काम गरेन : सांसद पाण्डे
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनसंख्याको क्षेत्रमा काम गर्न नसकेको बताएका छन् । सोमवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनसंख्याको क्षेत्रमा काम गर्नका लागि छुट्टै विभाग आवश्यक भएको हो ? भन्दै प्रश्न समेत गरे ।
उनले सबैतिर स्वास्थ्य भन्दै गर्दा जनसंख्या सम्पूर्ण हिसावले छुटेको बताए । जनसंख्या छुट्ने कुरा गम्भीर रहेको र जनसंख्यासम्बन्धीका केही तथ्यांकहरु डरलाग्दो रहेको बताए । उनले १५ प्रतिशत भन्दा बढी भुगोल भएको हिमालमा अहिले ६ प्रतिशत जनसंख्या हुनु र २३ प्रतिशत भूभाग भएको तराईमा ५३ प्रतिशत बढी हुनुले असन्तुलन बिग्रिन सक्ने बताए ।
‘जनसंख्या महाशाखाले काम गरिरहेको जस्तो लागेको छैन । छुट्टै विभाग चाहिने पो हो कि ? अथवा तथ्याङ्क तथा जनसंख्या विभाग चाहिने हो कि । जनसंख्याको काम स्वास्थ्यमा भएकै छैन । सबैतिर स्वास्थ्य भन्दै गर्दा जनसंख्या सम्पूर्ण हिसाबले छुटेको छ । जनसंख्या छुट्ने कुरा गम्भीर हो’ उनले भने, ‘केही तथ्यांक डरलाग्दा छन् । १५ प्रतिशत भन्दा बढी भुगोल भएको हिमालमा अहिले ६ प्रतिशत जनसंख्या छ । २३ प्रतिशत भूभाग भएको तराईमा ५३ प्रतिशत बढी छ । त्यो असन्तुलन छ । जनसांख्यिक लाभांश लिने कुरालाई राज्यले कुन रणनीतिका साथ उपयोग गर्छ यसमा गम्भीरताका साथ लिनुपर्छ ।’
सांसद पाण्डेले जनसांख्यिक लाभांश लिने कुरालाई राज्यले गम्भीरताका साथ लिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण