जीवन आचार्यद्वारा पाँच सय जनालाई कम्बल वितरण
मङ्गलबार, ०९ माघ २०८०, १७ : ४४
मोरङ । कोशी प्रदेशका पूर्वमन्त्री तथा माओवादी केन्द्रका सांसद जीवन आचार्यले पाँच सय जनालाई कम्बल वितरण गरेका छन् । सांसद आचार्यले आफ्नो निर्वाचन क्षेत्रका पाँच सय जनालाई कम्बल वितरण गरेका हुन् ।
शितलहरबाट बच्न उनले निर्वाचन क्षेत्र मोरङ–६(क)को ५ र बुढीगंगा–७ का पाँच सय जनालाई कम्बल वितरण गरेका छन् ।
निर्वाचन क्षेत्रमा विकासका परियोजना, विद्युतीय समस्या समाधान, जनताका गुनासाको सम्बोधन गर्दै आएका उनले सांसदको तलब भत्तालगायतका सुविधाको रकम निर्वाचन क्षेत्रमा खर्च गरेका हुन् ।
केही समय कोशी प्रदेशको मन्त्री हुँदा पनि उनले विकासका योजनालगायत जनताका गुनासालाई निरन्तर सम्बोधन गर्दै आइरहेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण