बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
चुनाव

कोशीमा र लुम्बिनी प्रदेशमा मतगणना जारी

बिहीबार, ११ माघ २०८०, १६ : ०२
बिहीबार, ११ माघ २०८०

काठमाडौँ । सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत कोशी र लुम्बिनी प्रदेशमा मत गणना जारी छ । कोशी र लुम्बिनी प्रदेशमा ३ बजे मत गणना सकिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु भएको हो । 

त्यस्तै बागमती, गण्डकी लगायतका प्रदेशमा सर्वदलीय बैठक जारी छ । लुम्बिनीमा मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भइसकेको छ ।

लुम्बिनीको प्रारम्भिक मतगणनामा महिला कोटामा विष्णु कुमारी सापकोटाले २,७५६ मत पाएकी छन् भने तुलसा कुमारी केसी १,५३७ मत पाएकी छन् । त्यसैगरी विजयालक्ष्मी सिंह २१२ मत पाउँदा अहिलेसम्म १०६ मतभार बदर भएको छ । त्यस्तै  अन्य कोटामा झक्कु सुवेदी २७५६,झपेन्द्र बहादुर घर्ती क्षेत्री १६४३, र बाल गोविन्द चौधरीले २१२ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप