सकियो ‘डिग्री माइला'को छायाङ्कन
काठमाडौँ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्म ‘डिग्री माइला ः एमए थर्ड क्लास’को छायाङ्कन सकिएको छ । फिल्मको छायाङ्कन ४५ दिनमा रुम्जाटारमा सकिएको हो ।
गत असोज १ गतेदेखि ओखलढुङ्गाको रुम्जाटारबाट फिल्मले पहिलो चरणको छायाङ्कन सुरु गरेको थियो । पहिलो चरणको छायाङ्कन सकिएसँगै फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक भयो । सार्वजनिक पोस्टरमा शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई एकल रुपमा प्रस्तुत गरिएको थियो । पोस्टरमा उनलाई काठको बेन्चमा गम्भीर मुद्रामा केही सोचिरहेको र चस्मा लगाएर जुँगा पालेको देखाइएको थियो ।
दोस्रो चरणको छायाङ्कन भने काठमाडौँबाट सुरु गर्दै ओखलढुङ्गाको रुम्जाटार पुगेर सकिएको हो । बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।
फिल्ममा दयाहाङका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ । फिल्म आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय माग्दै जनकपुरबाट काठमाडौँ हिँडेका मिटरब्याज पीडितका के छन् माग ?
-
पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु
-
वर्षाले मधेसका किसानमा नयाँ उत्साह, धान रोपाइँले लियो गति
-
पोखरा र विराटनगरसहितका सहरमा वर्षाको सम्भावना ८० प्रतिशत
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण