शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

रुवाण्डामा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु, ४ जना बेपत्ता

शनिबार, १३ माघ २०८०, २० : ५०
शनिबार, १३ माघ २०८०

किगाली । पूर्वी रुवाण्डाको नदीमा डुङ्गा पल्टिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।

रुवामागाना जिल्लाको मुगेसेरा नदीमा शुक्रबार साँझ डुङ्गा दुर्घटना भएको हो । किसानहरू न्गोमा जिल्लाको रुकुम्बेरी क्षेत्रमा लगाइएको बाली काटेर रवामागाना जिल्ला जाँदै गर्दा डुङ्गा पल्टिएको बताइएको छ ।

जहाजमा ४६ जना यात्रु रहेको बुझिएको छ ।  शनिबार बिहानसम्म ११ जनाको शव निकालिएको छ भने ३१ जनाको उद्धार गरिएको जिल्लाका मेयर रदजब म्बोन्युमुवुनीले पत्रकारहरूलाई जनाकारी दिएका छन् ।

अझै चार जनाको खोजी जारी छ । एमबोन्युमुवुनीले दुर्घटनाको कारण ओभरलोड भएको बुझिएको छ ।

किसानहरू बाली स्यारेर फर्किएकाले डुङ्गामा मकै, सिमीलगायतका कृषि उपजको भारी रहेको उनले बताएका छन् ।-(रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप