ज्याभीले सिजनको अन्त्यमा बार्सिलोना छाड्ने
क्याम्प नाउ । बार्सिलोनाका म्यानेजर ज्याभीले यो सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका छन् । बार्सा र स्पेनका पूर्व खेलाडीले कतारी क्लब अल साद छाडेर सन् २०२१ को नोभेम्बरमा क्लबको नेतृत्व सम्हालेका थिए ।
आफ्नो पहिलो पूर्ण नेतृत्वको सिजन सन् २०२२–२३ मा उनले टोलीलाई ला लिगाको उपाधि दिलाएका थिए । तर शनिबार भिल्लारियालसँग घरेलु मैदानमा ५–३ गोलले पराजित भएपछि बार्सिलोना लिगको शीर्ष स्थानमा रहेको रियल मड्रिडभन्दा १० अङ्कले पछि परेको छ ।
४४ वर्षीय ज्याभीले बार्सिलोनामा खेलाडीका रूपमा रहँदा २५ वटा उपाधि जितेका थिए । उनको करारमा थप एक वर्ष बाँकी रहे पनि उनले आगामी जुन ३० मा क्लबको नेतृत्व छाड्नेछन् ।
सन् २०१० को विश्वकप विजेता खेलाडीले क्लबका अध्यक्ष जोआन लापोर्टा र उपाध्यक्ष राफा युस्तेसँग कुराकानी गरेपछि यो निर्णय लिएको बताएका छन् । उनले क्लबमा परिवर्तनको आवश्यकता आफूलाई महसुस भएको बताएका छन् । यसअघि स्पेनिस सुपर कपमा रियल मड्रिडसँग ४–१ गोलले पराजित भएपछि उनले खेलाडीहरूलाई आफूमाथि विश्वास नभएको महसुस भए आफूले तत्कालै झोला बोकेर हिँड्ने प्रतिक्रिया दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण