पाँच पटकको विजेता क्यामरुनलाई हराउँदै नाइजेरिया क्वार्टरफाइनलमा
काठमाडौँ । नाइजेरिया अफ्रिका कप अफ नेसन्श फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नाइजेरियाले आइतबार बिहान सम्पन्न प्रिक्वार्टरफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी क्यामरुनमाथि २–० गोलको जित हासिल गरेको हो ।
नाइजेरियाका लागि दुवै गोल एडमोला लुकम्यानले गरेका थिए । उनले खेलको दुवै हातमा एक–एक गोल गरेका थिए । एटलान्टाबाट व्यवसायीक फुटबल खेल्ने लुकम्यानले खेल सुरु भएको ३६औँ मिनेटमा टोलीका लागि पहिलो गोल गरेका थिए ।
निर्धारित समयको अन्तिम मिनेटमा अर्को गोल थप्दै उनले नाइजेरियालाई महत्त्वपूर्ण जित दिलाए । नाइजेरियाले हालसम्म तीन पटक अफ्रिका कप अफ नेसन्शको उपाधि जितिसकेको छ । पछिल्लो पटक नाइजेरियाले सन् २०१३ मा उपाधि चुमेको थियो ।
क्यामरुन भने पाँच पटकको उपाधि विजेता राष्ट्र हो । तर, क्यामरुनले सन् २०१७ पछि भने उपाधि जित्न सकेको छैन । सबैभन्दा बढी उपाधि जित्ने राष्ट्र भने इजिप्ट हो । इजिप्टले हालसम्म सात पटक उपाधि जितिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण