मुख्यमन्त्री कार्की र गोर्खा ब्रिगेडका कर्णेल ओवीईबिच भेटवार्ता
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग संयुक्त अधिराज्यको गोर्खा ब्रिगेडका कर्णेल कमान्डेन्ट रिचार्ड वार्डलो ओवीईसहितको टोलीले आज यहाँ शिष्टाचार भेट गरेको छ । भेटमा मुख्यमन्त्री कार्कीले पूर्वब्रिटिस गोर्खा सेनाको समस्या समाधानका लागि गोर्खा ब्रिगेडको टोलीलाई ध्यानाकर्षण गराएका थिए ।
उनले धरान र इटहरीको खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारले तमोर नदीबाट दुई दशमलव पाँच किलोमिटर सुरुङमार्गबाट पानी ल्याउन चालु आर्थिक वर्षमा विस्तृत आयोजना प्रतिवेदन बनाउन रु दुई करोड बजेट विनियोजन गरेको जनाउँदै सुरुङ मार्गबाट ल्याइने तमोरको पानीसँगै २५ मेघावाट विद्युत् उत्पादनका साथै सिँचाइको समेत योजनामा सहकार्यका लागि गोर्खा ब्रिगेड टोलीलाई आग्रह गरे ।
यसैगरी, उनले प्रदेश सरकारले पूर्वगोर्खा सेनाका लागि आगामी आर्थिक वर्षको बजेटमा गोर्खा भिलेज निर्माणका लागि अध्ययन गरिरहेकाले प्राविधिक लगायतको सहयोगका लागि आग्रह गरे । कर्णेल कमान्डेन्ट रिचार्डले नेपाल र बेलायत बीचमा ऐतिहासिक सम्बन्ध रहेको बताए । उनले गोरखाली सेनाको व्यावसायिकता, समर्पण, क्षमता र अदम्य साहसको उच्च प्रशंसा समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण