प्रहरीद्वारा भन्सार छलेर ल्याइएका लाखौँको सामान बरामद, लागु औषधसहित १ जना पक्राउ
रौतहट। रौतहट प्रहरीले भन्सार छलेर ल्याइएका लाखौं रुपैयाँ बराबरको भारतीय सामान बरामद गरेको छ । भारतीय नम्बरका ४ वटा मोटरसाइकलमा ५ लाख ३४ हजार ९५० बराबरको किराना सामान र कपडा ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीले ती सामान बरामद गरेको हो ।
बरामद सामान जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् । त्यस्तै प्रहरीले प्रतिबन्धित लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ।
फतुवा विजयपुर नगरपालिका ८ का २८ वर्षीय सञ्जयकुमार दासलाई प्रहरीले नाईट्रोभेट १० एमजीको २८९ ट्याब्लेट सहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मौलापुराका प्रमुख इन्स्पेक्टर कुशल बर्तौलाको कमान्डमा खटिएको प्रहरी टोलीले मौलापुर ५ मा चेकजाँचको क्रममा ना १३ प ४१९२ नम्बरको मोटरसाइकलसहित दासलाई नियन्त्रणमा लिएको हो ।
दासमाथि लागु औषधसम्बन्धी मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण