बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीद्वारा  भन्सार छलेर ल्याइएका लाखौँको सामान बरामद, लागु औषधसहित १ जना पक्राउ

सोमबार, १५ माघ २०८०, १३ : ३७
सोमबार, १५ माघ २०८०

रौतहट। रौतहट प्रहरीले भन्सार छलेर ल्याइएका लाखौं रुपैयाँ बराबरको भारतीय सामान बरामद गरेको छ । भारतीय नम्बरका ४ वटा मोटरसाइकलमा ५ लाख ३४ हजार ९५० बराबरको किराना सामान र कपडा ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीले ती सामान बरामद गरेको हो ।

बरामद सामान जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् । त्यस्तै प्रहरीले प्रतिबन्धित लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ। 

फतुवा विजयपुर नगरपालिका ८ का २८ वर्षीय सञ्जयकुमार दासलाई प्रहरीले नाईट्रोभेट १० एमजीको  २८९ ट्याब्लेट सहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मौलापुराका प्रमुख इन्स्पेक्टर कुशल बर्तौलाको कमान्डमा खटिएको प्रहरी टोलीले मौलापुर ५ मा चेकजाँचको क्रममा ना १३ प ४१९२ नम्बरको मोटरसाइकलसहित दासलाई नियन्त्रणमा लिएको हो ।

दासमाथि लागु औषधसम्बन्धी मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप