बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

हृदयघातबाट न्यायाधीश मरासेनीकाे मृत्यु

मङ्गलबार, १६ माघ २०८०, १५ : ००
मङ्गलबार, १६ माघ २०८०

काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको हृदयघातका कारण मृत्यु भएको छ । हृदयघात भएपछि अस्पताल पुराइएका मरासेनीको अस्पतालमै मृत्यु भएको हो । 

उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश मरासेनीलाई बिहान ८ः३० बजे हृदयघात भएको थियो । हृदयघात पछि कलंकीको नेशनल अस्पताल पुराइएका मरासेनीको उपचारका क्रममा मृत्यु भएको हो ।  उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार बिहान कुरा हुँदा अदालत आउने बताएपनि त्यसपछि उनलाई हृदयघात भएको हो ।

प्रवक्ता भट्टराईले रातोपाटीसँग भने, ‘बिहान कुरा हुँदा अदालत आउने कुरा थियो । तर पछि एक्कासी हृदयघात भएको रहेछ । हृदयघात भएपछि उनलाई कलंकीको नेशनल अस्पतालमा लगिएको भएपनि त्यहीँ उहाँको मृत्यु भएको परिवारका सदस्यले बताउनुभएको छ ।’

बिहान कुरा हुँदा अदालत आउने भनेको कारण न्यायाधीश मरासेनी समयमै नआइपुगेपछि मरासिनीकै इजलास अधिकृतले मरासेनीको गोला तानिदिएका थिए । गोला तानिएपछि मंगलबार मरासेनीको इजलाससमेत तोकिएको थियो ।  मंगलबार मरासेनीलाई इजलास नम्बर ४ मा चन्द्रमणि ज्ञवालीसँग संयुक्त इजलास र इजलास नम्बर ५ मा उनी एक्लैको पेसी तोकिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप