सिराहाको प्रजिअमा बासुदेव दाहाललाई पठाउने निर्णय
नुवाकोटमा रामकृष्ण अधिकारी
मङ्गलबार, १६ माघ २०८०, २० : १३
काठमाडौँ । सिराहा र नुवाकोटका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
सिराहामा कार्यरत प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाएपछि गृह मन्त्रालयले त्यहाँ नयाँ प्रमुख जिल्ला अधिकारीलाई पठाएको छ । सिराहामा सह–सचिव बासुदेव दाहाललाई पठाउने निर्णय भएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
नुवाकोटमा रिक्त रहेको प्रमुख जिल्ला अधिकारीमा रामकृष्ण अधिकारीलाई सरुवा गरिएको छ । सहसचिव अधिकारी यसअघि लमजुङको प्रमुख जिल्ला अधिकारीबाट मन्त्रालयमा आएका थिए ।
यसअघि गृह मन्त्रालयले सिराहामा कार्यरत सिडिओ राजेन्द्र देव पाण्डेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । राजेन्द्र देव पाण्डे मिजरब्याजी प्रति नरम भएको आरोप छ । प्रजिअ पाण्डेसँगै एसपी टेकुनन्द इबा लिम्बुलाई पनि फिर्ता बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा दर्ज्यानी चिह्न प्रदान
-
एमालेले संसद् खुलाउन चाहेको छैन : सांसद रेखा शर्मा
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
खानेपानी मन्त्रालयको बजेटमा हर्क साम्पाङको माग पनि सम्बोधन, कहाँ कति पर्यो आयोजना ?
-
प्रचण्ड भोलि मात्रै काठमाडौँ फर्किने
-
पुँजीगत खर्चमा सुस्तता कायमै, असारमा मात्रै ८ अर्ब खर्चको अनुमान