सिराहाको प्रजिअमा बासुदेव दाहाललाई पठाउने निर्णय
नुवाकोटमा रामकृष्ण अधिकारी
मङ्गलबार, १६ माघ २०८०, २० : १३
काठमाडौँ । सिराहा र नुवाकोटका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
सिराहामा कार्यरत प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाएपछि गृह मन्त्रालयले त्यहाँ नयाँ प्रमुख जिल्ला अधिकारीलाई पठाएको छ । सिराहामा सह–सचिव बासुदेव दाहाललाई पठाउने निर्णय भएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
नुवाकोटमा रिक्त रहेको प्रमुख जिल्ला अधिकारीमा रामकृष्ण अधिकारीलाई सरुवा गरिएको छ । सहसचिव अधिकारी यसअघि लमजुङको प्रमुख जिल्ला अधिकारीबाट मन्त्रालयमा आएका थिए ।
यसअघि गृह मन्त्रालयले सिराहामा कार्यरत सिडिओ राजेन्द्र देव पाण्डेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । राजेन्द्र देव पाण्डे मिजरब्याजी प्रति नरम भएको आरोप छ । प्रजिअ पाण्डेसँगै एसपी टेकुनन्द इबा लिम्बुलाई पनि फिर्ता बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण