शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सिराहाका प्रजिअ र एसपीलाई फिर्ता बोलाउने निर्णय

मिटरब्याजी प्रति नरम भएको आरोप
मङ्गलबार, १६ माघ २०८०, १० : ४८
मङ्गलबार, १६ माघ २०८०

काठमाडौँ । गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे र एसपी टेकुनन्द इवा लिम्बुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे मिजरब्याजी प्रति नरम भएको आरोप छ ।

गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार प्रमुख जिल्ला अधिकारीले आफूलाई हटाउँदा एसपीलाई पनि हटाउन माग गरेपछि एसपी लिम्बु पनि तानिएका हुन् । मिटरब्याज सम्बन्धी पीडितको उजुरीलाई ‘आन्देखा’ गरेर उनीहरू पीडकसँग मिलेको गृह मन्त्रालयको निष्कर्ष छ ।

सिराहाका मिटरब्याज प्रभावितहरूले केही दिनअघि गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप