हिमांशु र अर्जुनको अर्धशतकसँगै कर्णालीले एपीएफलाई दियो २०७ रनको लक्ष्य
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा कर्णाली प्रदेशले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई जितका लागि दुई सय सात रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले ४४.१ ओभरमा अलआउट हुनुअघि दुई सय ६ रन बनाएको हो ।
कर्णाली प्रदेश र एपीएफ क्लब दुबैले प्रारम्भिक चरणमा आफ्नो अन्तिम खेल खेलिरहेका हुन् । यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको कर्णाली प्रदेशका लागि दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेले ।
माथिल्ला तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएको कर्णाली प्रदेशका लागि चौथो नम्बरका ब्याट्सम्यान हिमांशु शाहीले ६२ रनको योगदान गरे । हिमांशुले अधिकांश रन बाउन्ड्री प्रहारबाट बटुलेका थिए ।
आक्रामक रुपमा प्रस्तुत भएका हिमांशुले ५० बलको सामना गरी सात छक्का र दुई चौका हिर्काएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका अर्जुन घर्तीले पनि अर्धशतकीय पाली खेले ।
विकेटकिपर ब्याट्सम्यान अर्जुनले ७४ बलको सामना गरी तीन छक्का र एक चौका हिर्काए । केवल ३० रनको कुल स्कोरमा तीन विकेट गुमाएको कर्णालीलाई हिमांशु र अर्जुनले एक सय ४१ रनको गतिलो स्थितिसम्म पुर्याएका थिए ।
कर्णालीका लागि सातौँ नम्बरका ब्याट्सम्यान दीपेन्द्र रावतले पनि २७ रनको योगदान गरे । उनले २४ बलमा तीन छक्का र एक चौका प्रहार गरे । कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान रविन्द्र शाही भने २२ रन बनाउँदै पेभेलियन फर्किएका थिए । रविन्द्रले ३० बलमा एक छक्का र तीन चौका हिर्काए ।
दिनेश अधिकारीले १९ बलमा चार चौकाको मद्दतले १९ रन बटुले । प्रकाश जैसी १० रन बनाउँदै आउट भए । पेभेलियन फर्किनुअघि ओपनर निश्चल रावलले १२ बलमा एक चौकाको मद्दतले ६ रन बनाएका थिए । कर्णाली प्रदेशले अतिरिक्त रुपमा भने केवल एक रन पाएको थियो ।
एपीएफ क्लबका बलर मौसम ढकालले तीन विकेट लिए । उनले नौ ओभरमा दुई मेडन राख्दै ३२ रन खर्चिएका थिए । अमर रौतेलाले पनि दुई विकेट हात पारे । भुवन कार्की र रमेश कुर्मीले पनि एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण