सिराहामा काठसहित गाडी नियन्त्रणमा
सिराहा । सिराहा सब डिभिजन वन कार्यालय बन्दीपुरले एक सय क्यूविकफिट सखुवा प्रजातिको चिरान काठ लोड गरिएको गाडीसहित चालकलाई नियन्त्रणमा लिएको छ ।
सब डिभिजन वन कार्यालय बन्दीपुरको गस्ती टोलीले कर्जन्हा नगरपालिका १ बल्टीबाट ज १ च १५७३ नम्बरको गाडीमा काठ अपलोड गरी बन्दीपुरतर्फ ल्याउँदै गरेको अवस्थामा चालकलाई नियन्त्रणमा लिएको हो । काठसहित गाडी बरामद गरिएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुजितकुमार झाले जानकारी दिए ।
विशेष सूचनाका आधारमा सब डिभिजन वन कार्यालय बन्दीपुरका वन अधिकृत मोहम्मद आबिद हुसेन नेतृत्वको वन कर्मचारीको टोलीले गाडी, चालक र काठ नियन्त्रणमा लिएको हो । बरामद काठ र गाडी डिभिजन वन कार्यालय लहानलाई बुझाएको वन अधिकृत हुसेनले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए । बन्दिपुर क्षेत्रबाट अवैध रूपमा धनुषा र सिराहाका विभिन्न क्षेत्रमा सखुवाका चिरानबाट बनेका सामागी्हरु जाने गरेको स्थानीय दिपक महतोले जानकारी दिए । उनले भने, ‘यहाँ तस्करी गरेर सिराहा र धनुषाका विभिन्न ठाउँमा काठ पुर्याउने गरिएको छ ।’ डिभिजन वन कार्यालय लहानका प्रमुख सुजितकुमार झाकाअनुसार काठ लोड गरिएको गाडीसहित चालकलाई नियन्त्रणमा लिएको र कारबाही प्रक्रिया अगाडी बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपबाट केप भेर्डेले पाउनेछ ३ अर्बभन्दा बढी रकम
-
कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने
-
मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको उछाल
-
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडका लागि ६ जना विद्यार्थी चीन प्रस्थान
-
चीनद्वारा पास्टर एज्रा जिन रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण