सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत् सर्ट हुँदा ललितपुरमा आगलागी

बिहीबार, १८ माघ २०८०, १२ : १५
बिहीबार, १८ माघ २०८०

ललितपुर । ललितपुरको महांकाल गाउँपालिका-४ चन्दनपुर बस्ने दीपेश तिमलसिनाको घरमा बुधबार साँझ आगलागी भएको छ । 

प्रहरीका अनुसार विद्युत् सर्ट भई बुधबार साँझ आगलागी हुँदा घर, लत्ताकपडा, भाँडा वर्तन, अन्नपात लगायतका सर सामानहरू पूर्णरूपमा जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप