बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

मुख्यमन्त्री कप भलिबल प्रतियोगिता : तीन विभागीय र गण्डकी सेमिफाइनलमा

बिहीबार, १८ माघ २०८०, २२ : १८
बिहीबार, १८ माघ २०८०

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा तीन विभागीय टोली र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार बिहान पहिलो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबिच तथा दोस्रो सेमिफाइनल खेल नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबिच हुने भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए ।

लिग चरणका खेलमा आज पुलिस क्लबले आर्मीलाई ३–० सेटले तथा एपिएफ क्लबले गण्डकीलाई ३–० सेटले नै पराजित गरेका थिए ।  शनिबार फाइनल खेल हुने छ । प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख तथा तृतीय हुने टोलीले रु एक लाख पुरस्कार प्राप्त गर्नेछ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप