आहा राराको उपाधिका लागि आर्मी र थ्रिस्टार भिड्ने
पोखरा । २३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय त्रिभुवन आर्मी क्लब र थ्रिस्टार क्लब आमनेसामने हुने भएका छन् । शनिबार पोखरा रंगशालामा फाइनल हुनेछ ।
सेमिफाइलनमा थ्री स्टारले जावलाखेल युथ क्लब र आर्मीले चर्च ब्वाइज युनाइटेडलाई पराजित गरेका हुन् । थ्रीस्टार यस प्रतियोगितामा ५ पटक च्याम्पियन बन्दा आर्मी उपाधि विहीन छ । यद्यपि आर्मी पनि पाँचौँ पटक फाइनल प्रवेश गरेको हो ।
थ्रीस्टारले हालसम्म २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा आहा राराको उपाधि जितेको छ । प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउने छन् । विभिन्न ५ विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँका दरले पुरस्कार दिइने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन् । यस्तै, प्रत्येक खेल खेलेका टिमले पनि छुट्टाछुट्टै रकम हात पार्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण