सभामुख–प्रमुख सचेतक छलफल : धेरैभन्दा धेरै कानुन बनाउन सहमत
काठमाडौँ । सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक तथा सचेतकबिच प्रतिनिधि सभाको आगामी हिउँदे अधिवेशनमा धेरैभन्दा धेरै विधेयक पारित गरेर कानुनहरु बनाउनेबारे छलफल भएको छ ।
शुक्रबार सभामुख र प्रमुख सचेतक तथा सचेतकहरुबिचको छलफलमा आगामी अधिवेशनमा धेरैभन्दा धेरै विधेयकमाथि छलफल गरेर कानुन बनाउने र सदनलाई प्रभावकारी ढंगले चलाउनेबारे छलफल भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
‘अबको अधिवेशनबाट बढीभन्दा बढी विधेयक पारित हुन्छन् र कानुन बन्छन्’, नेता लेखकले भने, ‘संसद्को निश्चित क्यालेन्डर बनाएर अघि बढ्नेमा सबै दलको सहमति छ ।’
त्यस्तै उनले मैत्री समूहहरू बनाउने र सुनुवाइ समितिको सभापति टुंग्याउने विषयमा छलफल भएको बताए ।
उनले सघीयताको कार्यान्वयनका सन्दर्भमा अनुगमन समिति बनाउनेबारेमा समेत छलफल भएको जानकारी दिए ।
त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले अबको संसद्को अधिवेशनमा धेरैभन्दा धेरै विधेयकमा सघन छलफल गर्ने र जनताका मुद्दामा सदनलाई केन्द्रित गराउनेबारे छलफल भएको जानकारी दिए ।
संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते सोमबारदेखि सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण