सभामुख–प्रमुख सचेतक छलफल : धेरैभन्दा धेरै कानुन बनाउन सहमत

काठमाडौँ । सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक तथा सचेतकबिच प्रतिनिधि सभाको आगामी हिउँदे अधिवेशनमा धेरैभन्दा धेरै विधेयक पारित गरेर कानुनहरु बनाउनेबारे छलफल भएको छ ।
शुक्रबार सभामुख र प्रमुख सचेतक तथा सचेतकहरुबिचको छलफलमा आगामी अधिवेशनमा धेरैभन्दा धेरै विधेयकमाथि छलफल गरेर कानुन बनाउने र सदनलाई प्रभावकारी ढंगले चलाउनेबारे छलफल भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
‘अबको अधिवेशनबाट बढीभन्दा बढी विधेयक पारित हुन्छन् र कानुन बन्छन्’, नेता लेखकले भने, ‘संसद्को निश्चित क्यालेन्डर बनाएर अघि बढ्नेमा सबै दलको सहमति छ ।’
त्यस्तै उनले मैत्री समूहहरू बनाउने र सुनुवाइ समितिको सभापति टुंग्याउने विषयमा छलफल भएको बताए ।
उनले सघीयताको कार्यान्वयनका सन्दर्भमा अनुगमन समिति बनाउनेबारेमा समेत छलफल भएको जानकारी दिए ।
त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले अबको संसद्को अधिवेशनमा धेरैभन्दा धेरै विधेयकमा सघन छलफल गर्ने र जनताका मुद्दामा सदनलाई केन्द्रित गराउनेबारे छलफल भएको जानकारी दिए ।
संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते सोमबारदेखि सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो विदेशी मुद्राको मूल्य
-
बुबाआमाको टुङ्गो नभएका इन्द्रबहादुरलाई नागरिकता
-
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्ला नसुनौं : बोर्ड
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै