गरुडामा निःशुल्क स्वास्थ शिविर
शनिबार, २० माघ २०८०, २२ : २९
रौतहट । रौतहटको गरुडा नगरपालिकामा निःशुल्क स्वास्थ शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य शिविरमा करिब दुईहजार बिरामीको जाँच तथा औषधी वितरण गरिएको संस्थाका अध्यक्ष उमेशप्रसाद चौधरीले बताए ।
श्री शुशीला देवी कलाकार मेमोरियल ट्रस्टको छैठौं पुण्य तिथिको अवसरमा स्थानीय गरुडा नगरपालिका ६ पौठियाहीमा आयोजित शिविरमा वीरगञ्जका विभिन्न अस्पताल र रौतहटका अनुभवी डाक्टरहरुले स्वास्थजाँच गरेका थिए।
नेपाली कांग्रेस मधेश प्रदेशका सभापति तथा भौतिक पूर्वाधारमन्त्री कृष्णप्रसाद यादवद्वारा उदघाटन गरिएको स्वास्थ्य शिविरमा पार्टी जिल्ला सभापति सुनील यादव (जितेन्द्र) ,डाक्टर शिव कुमार झा लगायतको सहभागिता रहेको कांग्रेस प्रदेश प्रचार बिभाग प्रमुख नितेश गुप्ताले बताए ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री यादवले निःशुल्क स्वास्थ्य शिविरबाट आम नागरिकलाई राहत पुग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की
-
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु
-
लागुऔषध नियन्त्रण ऐनमा सशस्त्र प्रहरीको भूमिका स्पष्ट हुनुपर्छ: आईजीपी पौडेल
-
मनिष झाको रविलाई आग्रह : गुटबन्दी गर्नेलाई कारबाही गर्नुस्
-
लागुऔषध दुर्व्यसनीलाई अपराधी होइन, बिरामीका रूपमा हेरिने
-
भूकम्प गएको साढे दुई वर्षसम्म पुनर्निर्माण सुरु भएन, बजेट भाषणमा गफ मात्रै भयो : रोकाया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण