बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

स्वदेश फर्कियो नेपाली यु—१९ राष्ट्रिय क्रिकेट टोली

सोमबार, २२ माघ २०८०, १३ : २३
सोमबार, २२ माघ २०८०

काठमाडौँ । दक्षिण अफ्रिकामा भएको एकदिवसीय क्रिकेटमा सहभागी भइ नेपाली यु—१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।  सोमवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो । यु १९ विश्वकपमा नेपाल सुपर सिक्ससम्म पुगेको थियो । समूह चरणमा नेपालले न्युजिल्याण्ड र पाकिस्तानसँग हार व्यहोर्दा फगानिस्तानलाई पराजित गरेको थियो ।

त्यस्तै सुपरसिक्समा बंगलादेश र भरतसँग पराजित भएको हो । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली यु १९ टिमका कप्तान देव खनालले समग्रमा खेल राम्रो भएको बताए । उनले नयाँ नयाँ खेलमा नयाँ कुरा सिक्न पाएको बताए । विश्वकप एउटा सपना हुने भन्दै उनले विश्वकपमा नेपालले ब्याटिङमा राम्रो गर्न सकेको भए केही नतिजा आफ्नो पक्षमा आउने बताए ।

1

उनले विश्वकपमा आकाश चन्द, सुवास भण्डारी र अर्जुन कुमालको प्रश्तुती समग्रमा राम्रो भएको र गुल्शन झाको प्रस्तुति भने बलिङमा राम्रो भएपनि ब्याटिङमा राम्रो हुन नसकेको बताए । उनले गुल्शन झा नेपालको लागि कस्तो खेलाडी हो ? भन्ने कुरा सबैलाई थाहा भएको भन्दै सधैँ खेलाडीहरु राम्रो खेलि नै रहन्छन् भन्ने नहुने बताए । उनले विश्वकपमा राम्रो स्टार्ट पाएर पनि ठूलो स्कोर बनाउन नसक्दा भने नरमाइलो लागेको बताए ।

त्यस्तै गुल्शन झाले समग्रमा विश्वकप राम्रो भएको बताए । उनले बलिङमा राम्रो भएपनि ब्याटिङमा आफूले सोचेको जस्तो हुन नसकेको बताए । खेलमा सधैँभरी राम्रो नै हुन्छ भन्ने नसकिने र उत्तारचढाव भइरहने बताए । समग्रमा विश्वकपबाट अनुभव लिएको बताए ।
त्यस्तै आकाश चन्दले टिमले राम्रोसँग खेलेको बताए । उनले सुपर सिक्समा पुग्नु नै देश र आफूहरुको लागि राम्रो कुरा भएको बताए ।

3

त्यस्तै सुवास भण्डारीले पनि सुपर सिक्समा राम्रोसँग खेल्न नसकेको बताए । उनले खेलबाट धेरै कुराहरु सिक्ने अवसर पाएको बताए । यु १९ टोलीका प्रशिक्षक जगत टमाटाले खेलाडीहरुको प्रदर्शनीबाट खुशी रहेको बताए ।

उनले विश्वकप समग्रमा राम्रो भएको बताए । टमाटाले यु १९ टिममा राम्रा खेलाडीहरु भएकाले आगमी दिनमा नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको बताए । विश्वकप खेलेर आएको नेपाली टोलीलाई विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप