राष्ट्रपतिलाई एमालेको चेतावनी: संसद् महासचिव अविलम्ब नियुक्ति गरियोस्, चलखेल स्वीकार छैन

काठमाडौँ । नेकपा एमालेका सांसद देवेन्द्र दाहालले संघीय संसदको महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेको आरोप लगाएका छन् ।
सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले संघीय संसदको महासचिव पद खालि अवस्थामा हुनु र अधिवेशन सुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो ? भन्दै प्रश्न गरे । महासचिवमा राष्ट्रपतिले राजनीति गरेको उनको आरोप थियो । उनले राष्ट्रपति पौडेललाई महासचिव पदमा चलखेल नगर्न चेतावनी दिए । कानुनअनुसार सिफारिस गरिएको महासचिव अविलम्ब नियुक्ति गर्न आग्रह गरे । आगामी बैठकहरूमा राष्ट्रपतिको बारेमा कडा शब्द प्रयोग गर्नुपर्ने स्थिति नबनाउन चेतावनी दिँदै राष्ट्रपति पदको गरिमालाई कायम राख्न आग्रह गरे ।
उनले भने, ‘आज हाम्रो संघीय संसदको महासचिव पद खालि अवस्थामा छ । भर्खरै मात्रै सम्माननीय अध्यक्षज्यूले खालि भएको कुरा सुनाउनुभयो । तर यो अधिवेशन सुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो ? हामीले कस्तो राष्ट्रपति पायौँ ? निकै लामो अध्ययन चिन्तन गर्ने, राष्ट्रपति ज्यु तपाईँको अध्ययन चिन्तन अब बढी भएन र ? एउटा संसदको महासचिवमा तपाईँको चलखेल किन ? आज विनम्रतापूर्वक यस सभाको बैठकमा आग्रह गर्दछु । हामीलाई कानुनअनुसार सिफारिस गरिएको महासचिव अविलम्ब दिइयोस् । मलाई विश्वास छ, आगामी बैठकहरूमा हामीले सम्माननीय राष्ट्रपतिको बारेमा अलि कडा शब्द प्रयोग गर्नुपर्ने छैन । राष्ट्रपति भनेको सम्मानित पद हो । यसको गरिमालाई कायम राख्न आग्रह गर्दछु ।’
नेता दाहालले सत्ताधारी गठबन्धनको अकर्मण्यताका कारण यो व्यवस्था कमजोर भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट
-
बागमती सहित यी पाँच प्रदेशमा वर्षा
-
बुटवलको नीति तथा कार्यक्रम : सीप तथा रोजगारमा विशेष जोड
-
पेवेल नेपाल र सजिलो पे पेमेन्टको लाइसेन्स खारेज
-
इजरायलबाट नेपाली फर्काउन के गर्दै छ परराष्ट्र मन्त्रालय ?