राष्ट्रपतिलाई एमालेको चेतावनी: संसद् महासचिव अविलम्ब नियुक्ति गरियोस्, चलखेल स्वीकार छैन
काठमाडौँ । नेकपा एमालेका सांसद देवेन्द्र दाहालले संघीय संसदको महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेको आरोप लगाएका छन् ।
सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले संघीय संसदको महासचिव पद खालि अवस्थामा हुनु र अधिवेशन सुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो ? भन्दै प्रश्न गरे । महासचिवमा राष्ट्रपतिले राजनीति गरेको उनको आरोप थियो । उनले राष्ट्रपति पौडेललाई महासचिव पदमा चलखेल नगर्न चेतावनी दिए । कानुनअनुसार सिफारिस गरिएको महासचिव अविलम्ब नियुक्ति गर्न आग्रह गरे । आगामी बैठकहरूमा राष्ट्रपतिको बारेमा कडा शब्द प्रयोग गर्नुपर्ने स्थिति नबनाउन चेतावनी दिँदै राष्ट्रपति पदको गरिमालाई कायम राख्न आग्रह गरे ।
उनले भने, ‘आज हाम्रो संघीय संसदको महासचिव पद खालि अवस्थामा छ । भर्खरै मात्रै सम्माननीय अध्यक्षज्यूले खालि भएको कुरा सुनाउनुभयो । तर यो अधिवेशन सुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो ? हामीले कस्तो राष्ट्रपति पायौँ ? निकै लामो अध्ययन चिन्तन गर्ने, राष्ट्रपति ज्यु तपाईँको अध्ययन चिन्तन अब बढी भएन र ? एउटा संसदको महासचिवमा तपाईँको चलखेल किन ? आज विनम्रतापूर्वक यस सभाको बैठकमा आग्रह गर्दछु । हामीलाई कानुनअनुसार सिफारिस गरिएको महासचिव अविलम्ब दिइयोस् । मलाई विश्वास छ, आगामी बैठकहरूमा हामीले सम्माननीय राष्ट्रपतिको बारेमा अलि कडा शब्द प्रयोग गर्नुपर्ने छैन । राष्ट्रपति भनेको सम्मानित पद हो । यसको गरिमालाई कायम राख्न आग्रह गर्दछु ।’
नेता दाहालले सत्ताधारी गठबन्धनको अकर्मण्यताका कारण यो व्यवस्था कमजोर भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण