वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि मंगलबार उत्कृष्ट वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ । पहिलो चरणमा दुवै विधामा उत्कृष्ट ८ मनोनयनमा परेका छन् ।
मञ्चले विगतमा चार विधामा उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गर्दै आएको थियो । यस पटकदेखि नयाँ प्रयोग थालेको हो । वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने बढीभन्दा बढी खेलाडीहरूलाई स्पोर्ट्स अवार्डमा समेट्ने उद्देश्यले यो प्रयोग गरिएको मञ्चको भनाइ छ ।
वर्षका युवा खेलाडी मनोनयनमा राममाया बुढा (एथलेटिक्स), सुष्मा तामाङ (बक्सिङ), सुजाता तामाङ (फुटबल), युनेश बुढाथोकी (फुटबल), विजय बाटा (बक्सिङ), देव खनाल (क्रिकेट), दीपेश कँडेल (क्रिकेट), सद्भाव आचार्य (गल्फ) परेका छन् ।
वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयनमा चन्द्र गुरुङ (एथलेटिक्स), दीपक महर्जन (बक्सिङ), भगवती रानामगर (फुटबल), अनन्त थापा (फुटबल), भरत शाह (भलिबल), ओङ्देन लामा (पौडी), जगत टमाटा (क्रिकेट) र मोन्टी देशाई (क्रिकेट) परेका छन् । वर्ष २०७९ सालमा गरेको प्रदर्शनका आधारमा खेलाडी र उसलाई सफलता दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका प्रशिक्षकलाई मनोनयनमा परेका हुन् ।
मञ्चले वर्ष पुरुष खेलाडी र वर्ष महिला खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक गरिसकेको छ । पिपल्स च्वाइस विधाको मनोनयन पनि सार्वजनिक गरिसकेको छ ।
पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् । अवार्ड यही माघ २८ गते राजधानीमा हुने तय भएको छ ।
स्पोर्ट्स अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने माघ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ ।
यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल रहेको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा ‘एट द टिपिङ प्वइन्टः आर्ट एन्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ प्रदर्शनी (तस्बिरहरु)
-
सप्तरी–सिराहा सडकको नयाँ ट्रयाक खुल्दै
-
सशस्त्र प्रहरीद्वारा कुखुराका चल्ला बरामद
-
दृष्टि
-
बाजुरा आगलागी : ३५ पसलमा आठ करोड बढीको क्षति
-
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु