जन्मकैदको सजाय पाएपछि अभिराम शर्माको सबै सुविधा प्रदेशसभा सचिवालयबाट रोक्का
वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्माको सेवासुविधा रोक्का भएको छ । मधेश प्रदेशसभा सचिवालयका अनुसार महोत्तरी जिल्ला अदालतबाट शर्मालाई जन्मकैदको फैसला सुनाइएपछि प्रदेशसभा सदस्यका रुपमा पाउने उनको सेवासुविधा रोक्का गरिएको हो ।
मधेश प्रदेशसभामा पदाधिकारी तथा सदस्यहरुले १३ प्रकारका सेवासुविधा पाउँदै आइरहेका छन् । तर अदालतबाट जन्मकैदको फैसला भइसकेपछि माघ महिनादेखि शर्माको हकमा सबै प्रकारका सेवासुविधा रोक्ने आदेश दिइएको प्रदेश सभामुखको कार्यालयले जनाएको छ ।
मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले रातोपाटीसँग कुराकानी गर्दै माघ महिनादेखि नै पदाधिकारी तथा प्रदेशसभाका सदस्यहरुलाई दिने सेवासुविधाबाट अभिराम शर्मालाई बञ्चित गरिएको जनाए ।
महोत्तरी जिल्ला अदालतले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा शर्मासहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको छ । ०७२ भदौ २८ मा दोस्रो मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोगमा गत मंसिर २८ गते अदालतले शर्मासहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
प्रदेशसभाका सदस्य शर्मा लालबाबु राउत नेतृत्वको मन्त्रिपरिषदमा मधेस प्रदेशको सामाजिक विकास राज्यमन्त्री पनि बनेका थिए । यही मुद्दामा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छन् । विकको हत्या भएपछि कोइरी लगायतलाई प्रतिवादी बनाइ महोत्तरी जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा दायर गरेको थियो ।
अदालतले प्रदीप साह माझी, सञ्जयकुमार साह, मोहन ठाकुर, शंकर शाही भन्ने रामशंकर मिश्र, अभिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र रायलाई जन्मकैदको फैसला सुनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
-
नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण
-
जोखिममा परेका बालबालिकालाई सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण