खाद्य कम्पनीद्वारा चामल खरिद सम्बन्धी सम्झौताका लागि आह्वान
बुधबार, २४ माघ २०८०, १४ : ३८
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिदसम्बन्धी सम्झौताका लागि आह्वान गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै १४ हजार क्विटल चामल खरिद गर्न सम्झौताका लागि आह्वान गरेको हो ।
कम्पनीले चालु आर्थिक वर्ष २०८०/०८१ मा चामल खरिदका लागि विद्युतीय माध्यमबाट मिति २०८०/०९/०६ गते बोलपत्र आह्वान गरेको थियो । बारा जिल्लास्थित लक्की राइस मिल र सप्तरी जिल्लामा पर्ने श्याम बाबा राइस मिल प्रालिलाई १५ दिन भित्र चामल खरिद/विक्री सम्बन्धी सम्झौता गर्न सूचनामा भनिएको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा ३ र ४ बमोजिमको नियमानुसारको कार्यसम्पादन जमानत लिई वा नगद धरौटी दाखिला गरी प्रधान कार्यालय, खरिद विभाग ( खरिद एकाइ) मा उपस्थित भई चामल खरिद विक्री सम्बन्धी सम्झौता गर्न भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण