विक्की कौशलको अश्वत्थामामाथि निर्देशकले लगाए ‘ब्रेक’
नयाँ दिल्ली । विक्की कौशललाई ‘उरीः द सर्जिकल स्ट्राइक’ जस्तो ब्लकबष्टर फिल्म दिइसकेका आदित्य धरले विक्कीसँगै सुपरहिरो एकशन फिल्म अश्वत्थामा बनाउने भएका थिए । यो प्रोजेक्टलाई लिएर भारतीय सिनेमाका फ्यानहरु निकै एक्साइटेड देखिएका थिए । विक्की र आदित्यले महाभारतका पात्र अश्वत्थामा आधारित एउटा सुपरहिरो फिल्ममा काम गरिरहेको भनेर सन् २०१९ मै समाचारहरु आएका थिए ।
विक्कीले यो फिल्मका लागि घोडासवारी र मार्शल आर्ट्सजस्ता तालिम पनि लिन शुरु गरेका थिए । तर लकडाउनका कारण यो फिल्म शुरु हुन सकेन । सन् २०२१ मा विक्कीले द इमोर्टल अश्वत्थामाको पहिलो पोष्टर रोमाञ्चित हुँदै शेयर गरेका थिए । तर यो फिल्म अगाडि बढ्न सकेन । अब भने निर्देशक आदित्यले यो फिल्म अहिले नबन्ने पूष्टि गरेका छन् । फिल्मको बजेट अति नै धेरै भएकोले यसलाई अहिले नै बनाउन असम्भव भएको आदित्यको भनाई छ ।
आदित्यले आफ्नो नयाँ आर्टिकल ३७० फिल्मको ट्रेलर लञ्चमा यो फिल्म नबन्ने पूष्टि गरेका थिए । अश्वत्थामालाई आदित्यले हलिउड मूभी अवतार जस्तै बनाउन खोजेका थिए । आफूहरूको भिजन भारतीय फिल्म अहिले जसरी चलिरहेको छ त्योभन्दा निकै ठूलो भएको, आफूहरूलाई भीएफएक्स जस्तो क्वालिटी चाहिएको र भारतमा यसका लागि कसैले कोशिश नगरेको पनि उनले बताए ।
फिल्म बनेपछि सधैंका लागि रहने भएकोले आफूले औसत फिल्म बनाउन नचाहेको उनको भनाइ थियो । गएको तीन वर्षमा अश्वत्थामा रणबीर सिंहदेखि अल्लु अर्जुन सम्म अनेक अभिनेताको नाम जोडिएको थियो । यसअघि नै विक्कीले पनि बाररम्बार फिल्मलाई पछाडि धकेल्नुलाई निराशाजनक बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण