सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नेपालविरुद्ध क्यानडाको १५ ओभरमा कुनै विकेट नगुमाई ८१ रन

शनिबार, २७ माघ २०८०, १० : ३७
शनिबार, २७ माघ २०८०

काठमाडौँ । नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले १५ ओभरमा कुनै पनि विकेट नगुमाई ८१ रन बनाएको छ । क्यानडाका ओपनर नवनित धालिवाल ३८ र एरोन जोन्सन ३७ रन बनाउँदै क्रिजमा छन् । 

नेपालले सोमपाल कामी, रिजन ढकाल, कुशल मल्ल, सूर्य तामाङ र आकाश चन्द गरी पाँचजना बलरलाई प्रयोग गरिसकेको छ । तर, कुनै पनि बलरले विकेट लिन सकेका छैनन् ।

क्यानडाविरुद्धको दोस्रो खेलबाट नेपाली यू-१९ टोलीका तिब्रगतिका बलर आकाश चन्दले सिनियर टोलीमा ‘डेब्यू’ गरेका छन् । यसअघि बिहीबारको खेलमा सूर्य तामाङ र रिजन ढकालले सिनियर टोलीबाट ‘डेब्यू’ गरेका थिए ।  

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । 

नेपाल र क्यानडाबिच तीनवटा एकदिवसीय खेलको शृंखला आयोजना हुन लागेको हो । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप