नेपालविरुद्ध क्यानडाको १५ ओभरमा कुनै विकेट नगुमाई ८१ रन
काठमाडौँ । नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले १५ ओभरमा कुनै पनि विकेट नगुमाई ८१ रन बनाएको छ । क्यानडाका ओपनर नवनित धालिवाल ३८ र एरोन जोन्सन ३७ रन बनाउँदै क्रिजमा छन् ।
नेपालले सोमपाल कामी, रिजन ढकाल, कुशल मल्ल, सूर्य तामाङ र आकाश चन्द गरी पाँचजना बलरलाई प्रयोग गरिसकेको छ । तर, कुनै पनि बलरले विकेट लिन सकेका छैनन् ।
क्यानडाविरुद्धको दोस्रो खेलबाट नेपाली यू-१९ टोलीका तिब्रगतिका बलर आकाश चन्दले सिनियर टोलीमा ‘डेब्यू’ गरेका छन् । यसअघि बिहीबारको खेलमा सूर्य तामाङ र रिजन ढकालले सिनियर टोलीबाट ‘डेब्यू’ गरेका थिए ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।
नेपाल र क्यानडाबिच तीनवटा एकदिवसीय खेलको शृंखला आयोजना हुन लागेको हो । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण