काठमाडौँ । आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउँदै छन् । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।
_XpRt2n7svM.jpg)
ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।
_J91R7lJTtk.jpg)
भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् ।
_xqAZWEQjTI.jpg)
तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइँदै छ ।
_WlqvbKGskJ.jpg)
_99BX86i6wp.jpg)
_rEiAAZTuEV.jpg)
_AMkarfjydy.jpg)
_KMl8CFbbQW.jpg)
_QSITctLSux.jpg)
_jYBdSVLf1p.jpg)
_8YHE9I7LtC.jpg)
_Hzs1h2WNr8.jpg)
_4SakQufEfR.jpg)
_H0QItvznAb.jpg)
_nzmdjn5VCT.jpg)
_WIhygQoRet.jpg)
_mDr9T7rGf4.jpg)
_BjzU3vLFHv.jpg)
_jmAgTL1Mfv.jpg)
_g7EhOZXGzf.jpg)
_K8TCXnledr.jpg)
_OPg5zpFx7S.jpg)
_Id9M3Gsurl.jpg)
_FxN4F3aYPw.jpg)
प्रतिक्रिया