बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै

बिहीबार, ०७ साउन २०८३, १३ : ४४
बिहीबार, ०७ साउन २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा चीन भ्रमणमा जाने भएका छन् ।
  • यो भ्रमण पार्टीगत भए पनि परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको छ ।
  • भ्रमणको मिति साउन वा भदौमा तय हुनेछ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा उनी चीन भ्रमणमा जाने भएका हुन् ।

परराष्ट्र मन्त्रालयका एक सहसचिवका अनुसार सभापति लामिछानेको भ्रमण पार्टीगत हो  । तर त्यसमा परराष्ट्र मन्त्रालयले पनि समन्वय गरिरहेको उनको भनाइ छ । 

भ्रमण साउनमा हुने कि भदौमा भन्नेबारे अन्तिम टुंगो लाग्न बाँकी छ । दुवैतर्फको समन्वयमा मिति तय हुने बताउँदै उनले त्यसमा पनि मिति सरकारी तहबाट भन्दा पार्टी तहबाट हुने बताए ।

यसअघि सभापति लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणमा पाँच दिने भ्रमण पूरा गरी जेठ २२ गते स्वदेश फर्केका थिए । भारतबाट फर्के लगतै सभापति लामिछानेलाई चीन भ्रमणको निम्तो आएको थियो ।

सोही निम्तो अनुसार उनी चीन भ्रमण जान लागेको बताइएको छ । रास्वपाकै विदेश विभाग प्रमुख समेत रहेका परराष्ट्र मन्त्री शिशिर खनालले जेठको अन्तिम सात चीन भ्रमण गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप