शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
गोलार्द्ध

चर्चामा अमेरिकी पत्रकारसँग पुटिनको अन्तर्वार्ता : यस्ता छन् मुख्य ६ बुँदा

शनिबार, २७ माघ २०८०, १६ : ००
शनिबार, २७ माघ २०८०

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेदेखि कुनै पनि पश्चिमी पत्रकारलाई अन्तर्वार्ता दिएका थिएनन्। तर चर्चित अमेरिकी पत्रकार टकर कार्लसनलाई पुटिनले दिएको अन्तर्वार्ता बिहीबार प्रसारण भएको थियो।

कार्लसनको शोले अप्रिल २०२३ सम्म फक्स न्यूजमा उच्चतम रेटिङ हासिल गर्ने गरेको थियो, तर नेटवर्कले उनलाई बिना कारण निकाल्यो। अब उनीसँग एक स्वतन्त्र कम्पनी, टकर कार्लसन नेटवर्क छ । यो सामाजिक सञ्जाल एक्समा पनि प्रसारण हुन्छ।

यहाँ उनले पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प जस्ता दक्षिणपन्थी राजनीतिज्ञहरुसँग मैत्रीपूर्ण अन्तर्वार्ताहरू प्रसारण गर्छन्। पछिल्लो अन्तर्वार्तामा पुटिनले युक्रेनको राष्ट्रिय चरित्रको बारेमा प्रश्न उठाउँदै किभबिरूद्ध आफ्नो विशेष ‘सैन्य अपरेसन’ लाई जायज ठहराए । यसको पछाडि उनको तर्क थियो, नाटोको विस्तारले रुसको लागि खतरा खडा गरेको छ । यद्यपि, उनले पोल्याण्ड वा कुनै नेटो सदस्य राष्ट्रमाथि आक्रमण गर्न आफू इच्छुक नभएको बताए। 

यो अन्तर्वार्ता अघि पनि विवाद भएको थियो । केही विश्लेषकहरूका अनुसार यो अमेरिकी राष्ट्रपति चुनावको वर्षमा अमेरिकी मतदाताहरूलाई प्रभाव पार्ने पुटिनको प्रयास हो । विश्लेषकहरूले डोनाल्ड ट्रम्पनिकट रिपब्लिकन सिनेटरहरूको कारण युक्रेनका लागि सैन्य सहायता प्याकेज पारित गर्न कठिनाइको सामना गरिरहेको औँल्याए।

b9d026b0-c7d2-11ee-8600-356ea27c0baa

ट्रम्पले वासिङ्टनले पठाएको अरबौँ डलर सहायताको विरोध गरेका छन् र तनाव कम गर्ने कुराको वकालत गरेका छन्।

यसअघि कार्लसनले सन् २०२२ यता कुनै पनि पश्चिमी पत्रकारले पुटिनको पक्ष जान्नको लागि अन्तर्वार्ता नलिएको भनी आरोप लगाएको भिडियो सार्वजनिक गरेका थिए । तर उनको दाबीको आलोचना भइरहेको छ किनभने बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबर्गलगायत धेरै संस्थाहरुसँग सम्बन्धित पत्रकारहरूले उनीहरूलाई अन्तर्वार्ताको लागि समय नदिइएको बताएका छन्।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि कार्लसनसँग अन्तर्वार्ता अघि प्राप्त अन्य प्रयासहरू अस्वीकार गरिएको स्वीकार गरेका छन् । जे होस्, पुटिनको अन्तर्वार्ताका छवटा महत्त्वपूर्ण बुँदाहरू बारे जानौँ :

  •  'पोल्याण्ड, लिथुआनिया वा अन्य कुनै नेटो देशमा आक्रमण गर्ने प्रश्न नै छैन'

राष्ट्रपति पुटिनले भने, 'लिथुआनिया, पोल्याण्ड वा अन्य कुनै नेटो देशमाथि आक्रमण गर्ने प्रश्न नै उठ्दैन।' 

70a452c0-c75c-11ee-896d-39d9bd3cadbb

युक्रेनमा भएको आक्रमणले बाल्टिक, पोल्याण्ड र अन्य युरोपेली देशहरूमा उनीहरूलाई पनि त्यस्तै हुन सक्छ भन्ने डर पैदा गरेको छ। यही डरका कारण मस्को र पश्चिमबिचको लडाइँमा तटस्थ रहेका फिनल्याण्ड र स्वीडेनले नेटो सदस्यताका लागि आवेदन दिए ।

अन्तर्वार्तामा पुटिनले पोल्याण्डमाथि हमलाको सम्भावनालाई अस्वीकार गर्दै भने, ‘पोल्यान्डले रुसमा आक्रमण नगरेसम्म।’

तर, युक्रेनमा आक्रमण हुनुअघि अमेरिका र यसका गुप्तचर निकायले लगातार चेतावनी दिए पनि मस्कोले यसलाई अस्वीकार गर्दै आएको छ । रुसी राष्ट्रपतिले कुनै पनि नेटो राष्ट्रमाथि आक्रमणको सम्भावनालाई अस्वीकार गरे पनि युक्रेनमा रुसले कब्जा गरेको भूभाग आफूसँग रहने कुरा नाटो गठबन्धनले स्वीकार गर्नुपर्ने पनि बताए ।

  • ‘अमेरिका युद्ध अन्त्य गर्न चाहन्छ भने हतियार दिन बन्द गर्नुपर्छ’

कार्लसनले रुसी राष्ट्रपतिलाई सोधे, ‘के तपाईंले युक्रेनमा युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनसँग सीधा कुरा गर्ने सोच्नु भएको थियो ?

पुटिनले केही रुसी र अमेरिकी एजेन्सीहरूबिच वार्ता भइरहेको तर 'अमेरिकाले युक्रेनमा हतियार पठाउन बन्द नगरेसम्म कुरा गर्न लायक केही नहुने बताए। उनले युक्रेनलाई हतियार दिनुलाई ‘रणनीतिक गल्ती’ भनेका छन् ।

2d63fbf0-c75c-11ee-8685-316409d66f25

उनले भने, ‘तपाईंलाई सत्य भनूँ, हामी अमेरिकी नेतृत्वलाई के भन्न खोजिरहेका छौँ । लडाइँ रोक्ने हो भने हतियारको आपूर्ति बन्द गर्नुपर्छ । यो केहि हप्ता भित्र समाप्त हुनेछ।’

पुटिनको यस्तो प्रतिक्रिया अमेरिकी सिनेटले युक्रेनका लागि ६१ अर्ब डलरको सहायता प्याकेज पारित गरेको छ । तर रिपब्लिकन नियन्त्रित प्रतिनिधि सभाले यसको विरोध गरेको छ ।

  • 'उनीहरूले रुसलाई रणनीतिक पराजय दिन सक्दैनन्'

रुसी नेताले हतियार विकासको कुरा पनि उल्लेख गरे, जसलाई उनले रुसमा बढवा दिएका छन्। उनले अमेरिकी सरकारहरूले निःशस्त्रीकरण र आणविक निःशस्त्रीकरणको प्रस्ताव अस्वीकार गरेको आधारलाई जायज ठहराए।

उनले रुसी सैन्य उद्योगले अन्य देशको तुलनामा परिष्कृत हाइपरसोनिक हतियारमा बढी ध्यान दिएको बताए । उनले भने, ‘पश्चिमी शासकहरूले राम्ररी बुझेका छन् कि उनीहरूले रुसलाई रणनीतिक पराजय दिन सक्दैनन्।’

  • 'स्टालिनको इच्छामा युक्रेन बनाइएको थियो'

अन्तर्वार्तामा पुटिनले दोस्रो विश्वयुद्धअघिको सोभियत संघको इतिहासबारे कुरा गरेका थिए । उनले युक्रेन सोभियत नेता लेनिनले परिकल्पना गरेको सोभियत संघको हिस्सा भएको बताए ।

5db9cb40-c75c-11ee-8685-316409d66f25

उनका अनुसार युद्धको अन्त्यमा, स्टालिनको नेतृत्वमा, युक्रेनलाई पोल्याण्ड र हंगेरीको क्षेत्रहरू दिइयो, जहाँ हंगेरी र पोलिश भाषीहरू अझै पनि बस्छन्। पुटिनले भने, ‘युक्रेन एक कृत्रिम राज्य हो, जुन स्टालिनको इच्छामा बनेको हो।’

  • 'रुसी जेलमा रहेका अमेरिकी पत्रकारको रिहाइ सम्भव'

जासुसीको आरोपमा रुसमा थुनामा रहेका ‘द वाल स्ट्रिट जर्नल’ का पत्रकार इभान गेर्शकोविच (३२) को रिहाइको सन्दर्भमा पुटिनले भने, ‘हाम्रा साझेदारहरूले सहयोग गरे उनको रिहाइमा सहमति हुन सकिन्थ्यो।

67e84ce0-c75c-11ee-ace0-c35c1b4f6d82

उनले भने, "स्पेसल सर्भिसेजमा वार्ता जारी छ। मलाई लाग्छ कि सम्झौता हुन सक्छ।’ गेर्शकोभिचलाई गत मार्च २९ मा पक्राउ गरिएको थियो । यदि उनी दोषी प्रमाणित भएमा उनलाई २० वर्षको जेल सजाय हुन सक्छ।

कार्लसनले पुटिनलाई ‘पत्रकारलाई तुरुन्त रिहा गर्ने कि ?’ भनेर पनि सोधे । उनले भने, ’हामी उनलाई अमेरिका फिर्ता लैजान्छौँ ।’

पुटिनले यो बन्दी आदानप्रदान अन्तर्गत हुन सक्ने संकेत गरे। उनले सन् २०१९ मा बर्लिनमा जर्जियाली सैन्य अधिकारीलाई गोली हानेर गिरफ्तार गरेका रुसी खुफिया एजेन्सी (एफएसबी) का हत्यारा जर्मनीमा थुनिएका वादिम क्रासिकोभको रिहाइको सन्दर्भमा भनेका थिए।

  • ‘अमेरिकाले नेटो विस्तार नगर्ने वाचा गरेको थियो'

रुसी राष्ट्रपतिका अनुसार धेरै नेताहरूले क्रेमलिनलाई नाटो विस्तार नगर्ने वाचा गरेका थिए। पुटिनको तर्क छ कि सोभियत संघको विघटन पछि यस्तो संगठनको आवश्यकता छैन।

पुटिनका पूर्ववर्ती बोरिस येल्तसिनले सन् १९९३ मा नाटोको पूर्वतर्फको विस्तार ‘अवैध’ भएको दाबी गरेका थिए। पूर्व रुसी विदेश मन्त्री येभगेनी प्रिमकोभले पनि यस्तै तर्क दिए, उनले भने, ‘वारसा सम्झौता छोड्ने कुनै पनि देश नाटोमा प्रवेश गर्ने छैन भन्ने आश्वासन दिइएको थियो।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप