बुधबार, १६ जेठ २०८१
ताजा लोकप्रिय
दरबारमार्गमा चिनियाँ नयाँ वर्ष (फोटोफिचर)

दरबारमार्गमा चिनियाँ नयाँ वर्ष (फोटोफिचर)

शनिबार, २७ माघ २०८०

काठमाडौं । चिनियाँ परम्परागत नयाँ वर्ष र वसन्त चाड नेपालमा पनि मनाइरहेको छ । गत बुधबार साँझ काठमाडौँको रत्नपार्कमा चिनियाँ रातो लालटिन बालेर शुभारम्भ भएको नयाँ वर्षको शृङ्खला शनिबार पनि विशेष समारोहको आयोजना गरिएको छ । 

कार्यक्रमकै सिलसिलामा शुक्रबार ठमेलमा ड्रागन, सिंह र किरिन नृत्य प्रस्तुत गरियो भने शनिबार दरबारमार्ग क्षेत्रमा विभिन्न नृत्यहरू प्रस्तुत गरियो । शनिबार तामाङ समुदायको सोनाम ल्होसार पनि परेकाले चिनियाँ कार्यक्रममा तामाङ समुदायका व्यक्तिहरू पनि देखिए । 

तामाङ समुदायको सोनाम ल्होसारमा शनिबारदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

त्यस्तै चिनियाँ नयाँ वर्ष र वसन्त चाडका अवसरमा शृङ्खलाबद्ध कार्यक्रमहरू जारी राखिएको छ । भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायरमा ड्रागन, सिंह र किरिन नृत्य देखाइने कार्यक्रम छ ।

सोमबारदेखि बुधबारसम्म टुँडिखेलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चिनियाँ नयाँ वर्ष महोत्सवको आयोजना गरिँदै छ । महोत्सवमा खानाका परिकार, सांस्कृतिक कार्यक्रम, पुस्तक प्रदर्शनीलगायत कार्यक्रम हुने छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया