देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
सारांश
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले नेपालमा दुई गम्भीर संकट र खतरा उत्पन्न भएको बताएका छन्।
- उनले प्रधानमन्त्रीले संसद्मा झुठ बोलेको र सरकारका क्रियाकलापले देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लगेको आरोप लगाए।
- श्रेष्ठले देश बचाउन लोकतान्त्रिक शक्ति र एकीकृत कम्युनिस्ट आन्दोलनको खाँचो औंल्याउँदै संविधान र लोकतन्त्रको रक्षाका लागि एकताबद्ध हुनुपर्नेमा जोड दिए।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले नेपालमा दुई वटा गम्भीर सङ्कट र खतरा उत्पन्न भएको बताएका छन् ।
नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा नेता श्रेष्ठले यस्तो बताएका हुन् ।
‘नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिकता, राष्ट्रिय अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितमाथि गम्भीर कुठाराघातको खतरा पैदा भएको छ’, श्रेष्ठले भने,‘देशको प्रधानमन्त्रीले नै संसद्को रोस्ट्रममा उभिएर अर्को देशको भूमि मिचेको छ भनेर झुट कुरा गर्छन् तर आत्मालोचना गरिएको छैन ।’
सरकारका क्रियाकलापले नेपाललाई फाँसीवाद र राष्ट्रघातको दिशातिर देशलाई लैजान खोजिएको भन्दै श्रेष्ठले फाँसीवादको सङ्कटबाट बचाउन सक्नुपर्ने बताए ।
त्यस्तै उनले लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षाको प्रश्न गम्भीर चुनौतीका रूपमा लिनुपर्ने बताए । पूर्वमन्त्री समेत रहेका श्रेष्ठले सरकारका काम कारबाहीहरू दक्षिणपन्थी पपुलिस्टतर्फ उन्मुख रहेको भन्दै सरकारले अहिलेसम्म संविधान र लोकतन्त्रप्रति औपचारिक रूपमा निष्ठा समेत व्यक्त गर्न नसकेको आरोप लगाए।
उनले देशलाई बचाउने हो भने लोकतान्त्रिक शक्ति र एकीकृत कम्युनिस्ट आन्दोलन जरुरी भएको भन्दै नेताहरूले यसलाई गम्भिरतापूर्वक लिन ढिला गर्न नहुने बताए ।
संविधान र लोकतन्त्रमाथिको आक्रमण रोक्न एकताबद्ध हुनुको विकल्प नभएकोमा जोड दिँदै उनले संविधान संशोधनको विपक्षमा नरहेको बताए ।
‘निराशा र पलायनवादबाट बचौँ । क्रान्तिकारी आशावादीसहित रूपान्तरण र पुनर्गठनको प्रक्रियामा अघि बढौँ । ताकी नेपाली कम्युनिस्ट शक्तिहरूले सच्चा लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै संविधान बचाउँदै समाजवादको लक्ष्यमा अघि बढौँ’, श्रेष्ठले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण