सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
सारांश
- सिक्किमको निर्माणाधीन एनएचपीसी तिस्ता स्टेज-६ जलविद्युत् आयोजनाको सुरुङमा भएको दुर्घटनामा २२ जना मजदुरको शव फेला परेको छ।
- अझै तीन जना मजदुर बेपत्ता रहेकाले उनीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी छ।
- दुर्घटनामा ज्यान गुमाएका मजदुरका परिवारलाई एनएचपीसी, सिक्किम सरकार र प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट राहत घोषणा गरिएको छ।
नयाँ दिल्ली । भारतको सिक्किम राज्यको नामची जिल्लामा निर्माणाधीन एनएचपीसी तिस्ता स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङमा भएको दुर्घटनामा हालसम्म २२ जना मजदुरको शव फेला परेको छ ।
अझै तीन जना मजदुर बेपत्ता रहेकाले उनीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको भारतीय अधिकारीहरूले जनाएका छन् । अधिकारीहरूका अनुसार दुर्घटना हुँदा सुरुङभित्र कुल २५ जना मजदुर फसेका थिए । तीमध्ये २२ जनाको शव निकालिएको छ भने बाँकी तीन जनाको खोजीका लागि राष्ट्रिय विपद् मोचन बल र आसनसोलस्थित इस्टर्न कोलफिल्ड्स लिमिटेडको विशेष उद्धार टोली परिचालन गरिएको छ ।
सोमबार दिउँसो करिब १ बजे भएको दुर्घटनापछि उद्धार अभियान युद्धस्तरमा सञ्चालन भइरहेको छ । बुधबार राति करिब १० बजे इस्टर्न कोलफिल्ड्स लिमिटेडको दोस्रो उद्धार टोली पनि घटनास्थल पुगेर खोज तथा उद्धार कार्यमा सहभागी भएको थियो ।
अधिकारीहरूले आवश्यक परे मृतकहरूको पहिचान सुनिश्चित गर्न डीएनए परीक्षण गरिने बताएका छन् । दुर्घटनापछि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङसँग टेलिफोनमा कुराकानी गरेका छन् । आयोजनामा कार्यरत कम्तीमा चार जना मजदुर झारखण्डका खूंटी, हजारीबाग र पश्चिम सिंहभूम जिल्लाका रहेको बताइएको छ ।
दुर्घटनामा ज्यान गुमाएका मजदुरका परिवारलाई विभिन्न निकायबाट राहत घोषणा गरिएको छ। एनएचपीसीले प्रत्येक मृतकका परिवारलाई पाँच लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । त्यसैगरी सिक्किम राज्य सरकारले प्रत्येक मृतकका परिवारलाई चार लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ अनुग्रह सहायता दिइने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण