लेखा समिति बैठक
रामग्राम क्षेत्रबारे निजी कम्पनीसँगको सम्झौता प्रक्रिया खारेज गर्न लेखा समितिको निर्देशन
आइतबार, २८ माघ २०८०, १६ : २५
काठमाडौँ । लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रको विकासको जिम्मा निजी कम्पनीलाई दिन थालेको प्रक्रिया खारेज गर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । आइतबार सिंहदरबारस्थित लेखा समितिको हलमा बसेको बैठकले पश्चिम नवलपरासीको रामग्राम क्षेत्र विकासको जिम्मा निजी कम्पनीलाई दिने प्रक्रिया खारेज गर्न निर्देशन दिएको हो ।
साथै सो निर्णय प्रक्रियामा संलग्नमाथि अनुसन्धान गर्नपनि सरकारलाई निर्देशन दिइएको समितिका सचिव एकराम गिरीले जानकारी दिए । गौतम बुद्धको अस्थिधातु राखिएका प्रमुख स्थानमध्ये एक रहेको रामग्राम विकासको जिम्मा प्रमिस्ड ल्यान्डलाई दिन प्रक्रिया अघि बढाएपछि त्यसको विरोध भएको थियो ।
निर्देशन-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण