बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
लेखा समिति बैठक

रामग्राम क्षेत्रबारे निजी कम्पनीसँगको सम्झौता प्रक्रिया खारेज गर्न लेखा समितिको निर्देशन

आइतबार, २८ माघ २०८०, १६ : २५
आइतबार, २८ माघ २०८०

काठमाडौँ । लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रको विकासको जिम्मा निजी कम्पनीलाई दिन थालेको प्रक्रिया खारेज गर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । आइतबार सिंहदरबारस्थित लेखा समितिको हलमा बसेको बैठकले पश्चिम नवलपरासीको रामग्राम क्षेत्र विकासको जिम्मा निजी कम्पनीलाई दिने प्रक्रिया खारेज गर्न निर्देशन दिएको हो । 

साथै सो निर्णय प्रक्रियामा संलग्नमाथि अनुसन्धान गर्नपनि सरकारलाई निर्देशन दिइएको समितिका सचिव एकराम गिरीले जानकारी दिए ।  गौतम बुद्धको अस्थिधातु राखिएका प्रमुख स्थानमध्ये एक रहेको रामग्राम विकासको जिम्मा प्रमिस्ड ल्यान्डलाई दिन प्रक्रिया अघि बढाएपछि त्यसको विरोध भएको थियो ।

निर्देशन-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप