स्वस्तिमा खड्का शाओमीको ब्रान्ड एम्बासडरमा नियुक्त
काठमाडौँ । शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । स्वस्तिमा खड्का पछिल्लो समयकी लोकप्रिय अभिनेत्री हुन् ।
यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भने, ‘नेपालको लोकप्रिय अभिनेत्री एवम् शालीन व्यक्तित्वकी धनी स्वस्तिमा खड्कालाई शाओमीको ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गर्न पाउँदा हामी निकै उत्साहित छौँ । हाम्रो सहकार्यले शाओमीले अझ उचाइ लिनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’
यस्तै नवनियुक्त ब्रान्ड एम्बासडर खड्काले भनिन्, ‘शाओमी जस्तो ग्लोबल टेक्नोलोजी लिडर ब्राण्डको ब्राण्ड एम्बासडर हुन पाउँदा म निकै गौरवान्वित छु । अत्याधुनिक र इनोभेटिभ स्मार्टफोनहरू र एआइओटी प्रोडक्टहरु प्रदान गर्दै आइरहेको शाओमीको लक्ष्य र मेरो व्यक्तिगत लक्ष्य मेल खान्छ । मलाई यो अवसर दिएकोमा शाओमीप्रति आभारी छु, मलाई आशा छ यो सहकार्यले हामी दुवैलाई एउटा नयाँ उचाइमा पुर्याउनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण