राक्सीराङमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा
मकवानपुर । मकवानपुर जिल्लाको पश्चिम भेगमा पर्ने राक्सीराङ गाउँपालिका–९ मा केही दिनअघि फैलिएको भाइरल ज्वरोको प्रकोपलाई अहिले स्वास्थ्यकर्मीले उपचार गरी नियन्त्रणमा ल्याइएको राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।
उक्त गाउँपालिका–९ को कालिका माविका विद्यार्थीलगायत दुईवटा टोलका स्थानीय बासिन्दा गरी तीनसय जना एकैचोटी भाइरल ज्वरोको प्रकोपबाट प्रभावित भएको र एक जना वृद्धको उक्त ज्वरोबाट केही दिनअघि मृत्यु भएको सो गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिएका थिए ।
स्थानीय अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको टोली औषधिसहित त्यस क्षेत्रमा पुगी थप उपचार गरिरहेको राक्सीराङ गाउँपालिकाका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले उल्लेख गरे ।
अहिले प्रभावित क्षेत्रमा अन्य बासिन्दाको रगत सङ्कलन गर्न आवश्यक चिकित्सा ‘किट’, प्राविधिक जनशक्ति स्थानीय अस्पताललाई थप औषधिसहित त्यसतर्फ पठाइसकिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मणप्रसाद घिमिरे बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले चराचुरुङीको लागि पानीपात्र निर्माण गर्ने
-
रास्वपाको प्रथम महाधिवेशन : डोम निर्माण तीव्र, प्रतिनिधिको नामावली अन्तिम चरणमा
-
राप्रपाको महाधिवेशन कार्यतालिका पारित
-
शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइने
-
काठमाडौँ महानगरपालिकाको बजेट कस्तो आयो ? (पूर्णपाठ)
-
औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण