बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
राजनीति

राप्रपाको महाधिवेशन कार्यतालिका पारित

बिहीबार, ०४ असार २०८३, १७ : ४७
बिहीबार, ०४ असार २०८३

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ ।
  • पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचन समितिको नियमावली र निर्देशिका परिमार्जन सहित पारित गरेको छ ।
  • भाद्र मसान्तसम्म जिल्ला अधिवेशन र असोज मसान्तसम्म सक्रिय सदस्यता वितरण सम्पन्न गर्ने प्रस्ताव गरिएको छ ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको छ ।

पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा महाधिवेशन आयोजना गर्नेसहितको कार्यतालिका पारित गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । 

बैठकले निर्वाचन समितिले प्रस्तुत गरेको नियमावली र निर्देशिका समेत परिमार्जन सहित पारित गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिबाट प्रस्तावहरूलाई शुक्रवारबाट सुरु हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने अध्यक्ष लिङ्देनले बताए ।  केन्द्रीय समितिको बैठकले केन्द्रीय कार्यसम्पादन समिति पारित प्रस्तावहरूमाथि छलफल गरेर आवश्यक निर्णय लिने उनले जानकारी दिए । 

उनले भाद्र मसान्तसम्ममा जिल्ला अधिवेशनहरू सम्पन्न गरिसक्ने, असोज मसान्तसम्ममा सक्रिय सदस्यता वितरणको कार्य सम्पन्न गर्ने प्रस्ताव गरिएको समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप