क्रिकेट
क्यानडाविरुद्धको निर्णायक खेलमा नेपालले पहिले फिल्डिङ गर्ने
सोमबार, २९ माघ २०८०, ०९ : १५
काठमाडौँ । नेपालले क्यानडाविरुद्धको सोमबार खेलिने तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिले बलिङ गर्ने भएको छ । नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।
तीन खेलको एकदिवसीय शृङ्खलामा नेपाल २–० ले अगाडि छ । नेपालले पहिलो खेलमा क्यानडामाथि सात सात रनको रोमाञ्चक जित हासिल गरेको थियो । दोस्रो खेलमा भने नेपालले क्यानडालाई चार विकेटले हराएको थियो ।
कीर्तिपुर मैदानमा सोमबार घरेलु टोली नेपाल शृङ्खलालाई ‘क्लिन स्विप’ गर्ने धुनमा हुनेछ । भ्रमणकारी टोली क्यानडा भने सान्त्वना जितको खोजीमा हुनेछ । सन् २०१८ मा आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएयता नेपालले क्यानडासँग पहिलो शृङ्खला खेलेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण