सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
क्रिकेट

डेब्यू खेलमै हेमन्त धामीको विकेट, क्यानडाको १० ओभरमा १ विकेट गुमाएर ३३ रन

सोमबार, २९ माघ २०८०, १० : ११
सोमबार, २९ माघ २०८०

काठमाडौँ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको सोमबार जारी नेपालविरुद्धको तेस्रो तथा अन्तिम खेलमा भ्रमणकारी टोली क्यानडाले १० ओभरमा एक विकेट गुमाएर ३३ रन बनाएको छ । क्यानडाका ओपनर ब्याट्सम्यान नवनित धालिवाल १५ र तेस्रो नम्बरका ब्याट्सम्यान श्रीमन्था विजयरत्ने आठ रन बनाउँदै क्रिजमा छन् । 

क्यानडाको पहिलो विकेट हेमन्त धामीले लिएका थिए । उनले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको आफ्नो ‘डेब्यू’ खेलमै विकेट लिएका हुन् । उनले यही खेलमार्फत सिनियर राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका हुन् । 

हेमन्तले क्यानडाका ओपनर ब्याट्सम्यान एरोन जोन्सनलाई चार रनको व्यक्तिगत स्कोरमा देव खनालद्वारा क्याच गराएका थिए । २.४ ओभरमा जोन्सन आउट हुँदा भ्रमणकारी टोली क्यानडाले सात रन बनाएको थियो । शृङ्खलाको तेस्रो खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप