कतारमा फाँसीको सजाय सुनाइएका आठ भारतीय अन्ततः रिहा
कतार । कतारमा फाँसीको सजाय पाएका आठ जना भारतीयहरू रिहा भएका छन् । भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार आठमध्ये सात जना भारत फर्किएका छन् । यसलाई भारतको ठुलो कूटनीतिक जीत बताएको छ ।
आठ पूर्व नौसेनाका अधिकारहरू दोहास्थित अल दाहरा ग्लोबल टेक्नोलोजीमा काम गर्थे । उनीहरूलाई अगस्ट २०२२ मा जासुसीको आरोपमा पक्राउ गरिएको थियो । तर, ती अधिकारीहरूमाथि लागेको आरोपहरू भारत र कतार दुवैले सार्वजनिक गरेका थिएनन् । स्रोतका अनुसार सबैलाई पनडुब्बी परियोजनामा जासुसी गरेको आरोप लागेको थियो । अल दहरा ग्लोबल कम्पनीले कतारको सैन्य बल र अन्य सुरक्षा निकायहरूलाई तालिम र अन्य सेवाहरू दिने गर्छ ।
एक वर्षभन्दा बढी समय जेलमा बिताएपछि अक्टोबरमा कतारको तल्लो अदालतले पूर्व नौसेनालाई मृत्युदण्डको सजाय सुनाएको थियो । कतारले यसबारे भारतलाई कुनै जानकारी नदिएकोले उक्त फैसलाले भारत छक्क परेको थियो । सो निर्णयविरुद्ध भारतले अपिल गरेको थियो । जनवरीमा कतारले फाँसीको सजायलाई घटाएर जेल सजायमा झारेको थियो ।
दुबईमा डिसेम्बर १ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच कप–२८ सम्मेलनको बेलामा भेटवार्ता भएको थियो । यो भेटघाटको चार हप्ता भित्र यो घोषणा आएको छ । कतार भारतको लागि प्राकृतिक ग्यासको सबैभन्दा ठुलो आपूर्तिकर्ता हो । कतारमा करिब आठ लाख भारतीय काम गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण