राजनीति
माओवादी केन्द्रीय समिति बैठक सुरू, अध्यक्ष प्रचण्डले जवाफ दिँदै
सोमबार, २९ माघ २०८०, १२ : १७
काठमाडौं । नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरू भएको छ । राष्ट्रिय सभागृह भृकुटी मण्डपमा बसेको बैठकमा केही पदाधिकारीहरूले आप्mना भनाइ राखेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष रूपान्तरण अभियानमा इन्चार्जहरूले पेस गरेको समिक्षात्मक रिपोर्टमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
आइतबार बसेको बैठकमा १० प्रदेशका इन्चार्ज, अध्यक्ष र केन्द्रीय निकायका प्रमुखहरूले रिपोर्टिङ गरेका थिए । आजको बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीति, अन्तर्राष्ट्रिय परिस्थिति लगायत विषयमा ब्रिफिङ गराउने केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिए ।
स्थायी समितिले गरेको निर्णय तथा विधान अधिवेशनमा पेस गर्ने एजेण्डा अनुमोदन गरी बैठक समापन हुने शर्माले बताए । केन्द्रीय समिति बैठकअघि माओवादीको पदाधिकारी बैठक बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण