केन्द्रीय समिति बैठक
माओवादीले निकट भविष्यमा छुट्टाछुट्टै दुईवटा अभियान सञ्चालन गर्ने
सोमबार, २९ माघ २०८०, १३ : १४
काठमाडौँ । नेकपा माओवादी केन्द्रले निकट भविष्यमा दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने योजना बनाएको छ । पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तराई मधेस जाजरण अभियान र उत्तर–दक्षिण अभियान चलाउन चलाउने बताएका हुन् ।
उनले उत्तर दक्षिण अभियानले हिमाल पहाड र तराईलाई जोड्ने जानकारी दिए । यस्तै तराई मधेस जाजरण अभियानले पार्टीको संगठन सुदृढिकरणमा सघाउ पुग्ने प्रचण्डको भनाइ छ। यसबारे पार्टीले ठोस निर्णय गरेर अघि बढ्ने उनको भनाइ रहेको एक नेताले जानकारी दिए ।
बैठकमा प्रचण्डले उत्पीडित जनसमूदायलाई जोडेर जानुपर्ने र आगामी निर्वाचनको पनि अहिलेदेखि नै तयारी थाल्नुपर्ने धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण