जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने थुलुङ दुधकोशीको निर्णय
सोमबार, २९ माघ २०८०, १८ : ३९
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अध्यक्ष स्तरको बैठकले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।
जनयुद्धको जगबाट हालको व्यवस्था आएकाले यसको सम्मानको लागि बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए । दिवसको अवसरमा सार्वजनिक बिदा दिँदा जनयुद्धमा साहदात प्राप्त सहिद, घाइते र बेपत्ताको सम्मान हुने उनको भनाइ छ । फागुन १ गते पालिकाको सबै सरकारी कार्यालय, शैक्षिक संस्था बन्द हुनेछ ।
सर्वोच्च अदालतले नेपाल सरकारको निर्णय विरुद्ध परमादेश जारी गरेपनि अहिले विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण