प्रमोद खरेलको स्वर रहेको ‘मारेउ तिमीले’को म्युजिक भिडियो सार्वजनिक
मङ्गलबार, ०१ फागुन २०८०, ०८ : ५१

काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको स्वरमा सजिएको नयाँ गीत ‘मारेउ तिमीले’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नेपाली मेलोड्जि युटुव च्यानलबाट आइतबार सार्वजनिक ‘मारेउ तिमीले’ गीतमा रमेश लुइटेलको शब्द रहेको छ भने कम्पोज चर्चित गायक तथा संगितकार सिडि विजय अधिकारीको रहेको छ ।
गीतको म्युजिक भिडियोमा पछिल्लो समयमा व्यस्त र चर्चाको शिखर चुमिरहेका दीपेन्द्र राज गिरीका साथै जेनिलिया श्रेष्ठ, सुसन भारती, कुमार योगी, प्रकाश गिरी, श्रीराम गिरीको अभिनय देख्न सकिन्छ ।
नेपाली मेलोड्जिकै प्रस्तुति रहेको गीतको म्युजिक भिडियोमा मोडल दीपेन्द्र गिरीकै कन्सेप्ट तथा स्टोरी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप लिग २ क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा
-
‘जेन–जी पुस्तामा ह्युमन टच कम, एक्लोपन बढी छ’
-
म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा
-
राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश
-
प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश
-
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको शुभकामना सन्देश