वैदेशिक रोजगार बोर्डको अनलाइनमा समस्या
मङ्गलबार, ०१ फागुन २०८०, १६ : २३
काठमाडौँ । वैदेशिक रोजगार बोर्डको अनलाइनमा समस्या आएको छ । बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अंगभंग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने सफ्टवेयरमा समस्या आएको हो ।
बोर्ड सचिवालयको सफ्टवेयर fewims.feb.gov.np को सर्भरमा केहि दिनदेखि समस्या आएको छ । सफ्टवेयरमा समस्या आएपछि सेवाग्राही मर्कामा परेका छन् ।
उक्त सर्भरको मर्मतको काम भइरहेकोले पुनः सुचारु गर्न अझै केही दिन समय लाग्ने बोर्डले जनाएको छ । बोर्डका प्रवक्ता टिकाराम ढकालले सफ्टवेयरमा समस्या आउँदा सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता वितरणमा केही दिन अवरुद्ध हुने बताए ।
इमेलमार्फत वा भौतिक रुपमा उपस्थित भएर निवेदन भने दिन सकिने उनको भनाइ छ ।
_mDaSQl7i46.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण