गरिब र विपन्नहरुले उपचार पाउने क्रम बढेको छ : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गरिब र विपन्नहरुले उपचार पाउने क्रम बढिरहेको दाबी गरेका छन् ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल सेवा बिस्तार तथा अध्ययन अनुसन्धान भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अबका दिनमा कोही पनि नेपालीहरु पैसा नभएको र गरिब कुलमा जन्मिएका कारणले स्वास्थ्य उपचार नपाएर कोही नेपालीलाई मर्न नदिने प्रतिबद्धता जनाए । उनले संविधानमा लेखिएका नागरिकका मौलिक अधिकारलाई सुनिश्चित गर्न आवश्यक रहेको बताए ।
उनले भने,‘सातै वटा प्रदेशमा स्थानीय सरकार, प्रादेशिक सरकार र संघ सरकारको पहलमा धेरै कार्यक्रमहरु गर्दै हिँडेका छौँ । प्रादेशिक अस्पतालका जनरल बेडहरु सबै निःशुल्क भएका छन् । अहिले गरिब विपन्नहरुले उपचार पाउने क्रम अलि बढिरहेको छ । संविधानमा लैख्ने एउटा कुरा, चाहे शिक्षा वा स्वास्थ्य होस् । त्यो कार्यान्वयन हुनुपर्छ । अब उप्रान्त पैसा नभएको र गरिब कुलमा जन्मिएका कारणले स्वास्थ्य उपचार नपाएर कोही नेपाली मर्दैनन् ।’
मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्य नेपाली नागरिकहरुको मौलिक अधिकार भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन