आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एमालेले बिहीबारलाई बोलायो सचिवालय बैठक

बुधबार, ०२ फागुन २०८०, १८ : ००
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बुधवार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले बिहीबार दिउँसो ३ बजे सचिवालय बैठक बस्ने समय निर्धारण गरेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

‘बिहीबार दिउँसो ३ बजे सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बस्छ । सचिवालयले केन्द्रीय समिति बैठक बस्ने मिति तय गर्छ’, रिमालको भनाइ छ । एमाले केन्द्रीय समिति बैठकले पछिल्लो राजनीतिक अवस्थाको विश्लेषणसहित पार्टीको आगामी कार्यक्रम तय गर्ने नेताहरूले बताएका छन् ।

खासगरी २०८१ सालमा पार्टीले चलाउने अभियानबारे केन्द्रीय समिति बैठकले निर्णय गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप