कस्तो हुनेछ आइफोन १६ ?
काठमाडौँ । आइफोन निर्माता कम्पनी एप्पलको अपकमिङ फोनको फोटो लिक भएको छ । इन्टुरनेटमा आइफोन १६ सिरिजका फोनको फोटो लिक भएको छ । यो फोन कम्पनीले यही वर्ष सेप्टेम्बरमा लन्च गर्न सक्ने अनुमान छ ।
लन्च पूर्व नै फोनको सबै डिटेल्स बाहिरिन थालेको छ । सबैभन्दा धेरै डिटेल चाँहि आइफोन १६ को डिजाइनबारे छ । यसबारे सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । अहिलेसम्म जति पनि लिक भएका छन् त्यसका आधारमा आइफोन १६ मा क्यामरा मोड्यूल आइफोन ११ र आइफोन १२ को जस्तो हुने देखिन्छ । कम्पनीले यसमा आइफोन १२को जस्तै वर्टिकल क्यामरा मोड्यूल पनि दिन सक्नेछ । यसबाहेक फोनको क्यामरा डिजाइन केही हदसम्म आइफोन एक्स सिरिजबाट प्रेरित हुन सक्नेछ ।
कस्तो होला डिजाइन ?
यसको मतबल आइफोन १६ मा आइफोन एक्स र आइफोन १२ को मिक्स डिजाइन देख्न पाइनेछ । तर अगाडि पट्टीबाट हेर्दा चाँहि फोनको डिजाइन फरक हुनेछ । सामाजिक सञ्जालमा आइफोन १६ बारे कयौं मिम्स बनिरहेको छ । उसमा आइफोन १२ युजर्सहरु आइफोन १३, १४ र १५ चलाउनेहरुको मजाक उडाइरहेका छन् ।
आइफोन १५ मा जस्तै आइफोन १६ मा पनि पिल कटआउटवाला डिस्प्ले हुनेछ । आइफोन १६ र आइफोन १६ प्लसमा ६.१ इञ्च र ६ दशमलव ७ इञ्चको डिस्प्ले पाइनेछ । प्रो भेरिएन्टमा भने फरक केही देख्न सकिने अपेक्षा गरिएको छ । खबरहरुलाई पत्याउने हो भने आइफोन १६ प्रो मा ६.३ इञ्चको डिस्प्ले र आइफोन प्रो म्याक्स मा ६.९ इञ्चको डिस्प्ले पाउन सकिनेछ । प्रो सिरिजमा कम्पनीले ए१८ प्रो चिपसेट जडान गर्न सक्नेछ ।
नन प्रो सिरिजमा भने ए१७ चिपसेट पाइनेछ । यसबाहेक कम्पनीले ४८ मेगापिक्सलको अल्ट्रावाइड एंगल लेन्स दिन सक्नेछ । साथै कम्पनीले अहिलेको भन्दा अझ राम्रो जूम सुविधा दिन सक्ने अनुमान गरिएको छ । लिक भएका रिपोर्टका अनुसार आइफोन १६ प्रो म्याक्समा ४ हजार ६७६ एमएएचको ब्याट्री हुन सक्नेछ । आइफोन १६ मा ३ हजार ५६१ एमएएचको ब्याट्री हुन सक्नेछ । आइफोन १६ प्लसमा भने ४००० एमएएचको हुन सक्ने देखिएको छ । यो फोन ४० वाटको वायर्ड चार्जिङ र २० वाटको म्याग्सेफ चार्जिङ सपोर्टको साथमा आउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण